Social Icons

Related Posts Plugin for WordPress, Blogger...

Friday, November 28, 2014

मलाई चिन्नुहुन्छ ?

लेखक :- आन्विका गिरी
मैले उसलाई परैबाट चिनेँ । ऊ पनि म भएतिरै आयो । म कलेजको चौरमा पूजालाई पर्खिरहेकी थिएँ । उसले उस्तै दह्रो गरी हात मिलायो र उस्तैगरी मुस्कुरायो ।
युद्धविरामताका हामीले खुबै भेट्याँै, लगातार रूपमा साताभर हामी कहिले ठमेलको हटव्रेड्स क्याफेमा भेट्थ्यौँ त कहिले महाराजगन्जकोे उही हटव्रेड्स क्याफेमा नै । मैले गन्ती नै त गरनिँ तर हामीले त्यो साता थुप्रै कप कफी पियौँ ।
कफी त एउटा बहाना मात्र थियो, हामी त कुरा गर्न चाहन्थ्यौँ । अझभन्दा मसँग उसलाई सोध्नुपर्ने प्रश्नको ठेली नै थियो ।
ऊ मलाई अमृत साइन्स क्याम्पसअघि कुररिहेको थियो । शनिबारको दिन भए पनि बिहानै निस्केकीले खाना खाएकै थिइनँ । हातमा एउटा चाउचाउको प्याकेट बोकेर म क्याम्पसअघि पुग्दा ऊ उभिरहेको थियो । राती छुट्टँिदा १० बजे भेट्ने कुरा भए पनि म १२ बजे मात्र पुगेँ ।

"सरी !" मैले औपचारकि हुनु जरुरी ठानिनँ, त्यसैले भनिनँ । उसले पनि, "किन ढिलो ?" भनेन । हामी क्याम्पससँगैको गल्लीबाट भित्र छिर्‍याँै, ठमेल मेरो मनपरेको संसार थियो । ठमेलमा क्रिसमसको रङ चढेको थियो । शान्ता क्लजका आकृतिहरू अनि अरू पनि थुप्रै चमकधमकहरूले ठमेल सिँगारएिको थियो ।
क्याफेमा मान्छेको चहलपहल अलि बेसी नै थियो । शनिबार भएकाले युवकयुवती मात्र होइन, परविारवालाहरू पनि थिए । मैले भित्र कालो लामो टिसर्ट, बाहिर कालो ज्याकेट र नीलो जिन्सको पाइन्ट लगाएकी थिएँ । उसले पनि माथिबाट कालो ज्याकेट लगाएको र भित्र कालै टिसर्ट लगाएको थियो ।
"तिमी आज अरू दिनभन्दा राम्री देखिएकी छौ," उसले कुराको सुरुवात गर्‍यो । उसको यो सुरुवात अलि अचम्मकै थियो, यसअघि उसले कहिल्यै त्यस्तो भनेको थिएन । ऊ सौन्दर्यको कुरा नै गर्दैनथ्यो ।
"तिमीले मलाई अरू दिन नियालेर हेरेका थिएनौ क्यारे ! म सधैँ यस्तै हुँ । मेरो मतलब म सधैँ राम्रै देखिएकी हुन्छु नि !" मैले पनि अस्वाभाविक सुरुवात नै गरँे । म पहिलोचोटि त्यसरी ठट्टाको शैलीमा ऊमाझ प्रस्तुत भएकी थिएँ । ऊ हाँसेन तर आफँैले के भनेको होला भनेर मलाई अप्ठ्यारो लाग्यो र आफूलाई सामान्य पार्न म हाँसेँ ।
"तिमी मर्नदेखि डराउँछ्यौ हो ?" सधँै प्रश्न म सोध्थेँ तर आज उसले सोध्यो । हाम्रो भेटघाटमा मैले पहिलोचोटि नै यो प्रश्न सोधेकी थिएँ । उसले एक सेकेन्ड पनि नकुरीकन जवाफ दिएकोे थियो, "म मर्नदेखि डराउँदिनँ ।"
मैले पनि उसले झैँ तुरुन्तै जवाफ फर्काएँ, "अहँ, म मर्नदेखि डराउन्नँ ।"
"त्यसो भए किन तिमी मसँग जान चाहन्नौ ? तिमी लोकतन्त्रको कुरा गछ्र्यौ, आन्दोलनको कुरा गछ्र्यौ तर फेर ि?"
"म मर्नदेखि डराउन्नँ तर मार्नदेखि डर लाग्छ । म आफ्नालाई मार्न सक्दिनँ अनि तिम्रो गढमा आफ्नाले आफ्नालाई मार्छन् । के मलाई त्यहाँ त्यसो नगर्न छुट हुनसक्छ ?" मेरो बोलीमा आक्रोश थियो । म अलि उत्तेजित भएछु तर वरपर मान्छेहरू आफ्नै धुनमा थिए । हिजोआज कोही कसैको वास्ता गर्दैन, त्यसकै फाइदा भयो मलाई ।
"हामी मान्छे मार्दैनाँै, खराब तत्त्व मार्छौं," उसले तर्क दियो ।
"तिमीहरूको बाटोमा आउने जो पनि असल तत्त्व अनि नआउने सबै खराब तत्त्व ? यही होइन त तिमीहरूले खराब र असल छुट्याउने मापदण्ड ?" म पनि कम थिइनँ ।
ऊ केही बोलेन । उसले अर्को कुनै तर्क पनि पेस गर्न सक्थ्यो तर त्यसो गरेन र कफी पिउन थाल्यो । अलि गम्भीर र उदास देखिन्थ्यो । एकछिनअघिसम्म ऊ मलाई हेररिहेको थियो तर फेर िएकैछिनमा उसको ध्यान मैले क्याफेको भित्ताको पेन्टिङ्मा भएको पाएँ । पेन्टिङ् भारी बोकेर उकालो लाग्दै गरेको एक जना भरयिाको थियो ।
"म गाउँ र्फकंदैछु । पार्टीले बोलाएको छ । अब हामी भीषण तयारीमा जुट्नेछौँ," उसले हिजो राती यही टेबलमा भनेको थियो । माओवादीहरूले छिट्टै नै युद्धविराम भङ्ग गर्ने हल्ला चलेको थियो । पत्रपत्रिकामा पनि त्यस्तै आशयका खबरहरू छापिइरहेका थिए । सात पार्टीसँग सहमति भए पनि खासै दबाबमूलक केही कार्यक्रम भएको थिएन ।
"के त्यसो भए यो हाम्रो अन्तिम भेट हो त ?" मैले दुःखी भएर सोधेकी थिएँ ।
"होइन, भोलि फेर िभेटौँ न !" ऊ केही मुस्कुरायो र हामी छुट्टयिाँै ।
ऊ विद्रोही थियो, कुनै एउटा गाउँमा उसको र मेरो भेट भएको थियो । म राजधानीमा पढ्न बसेकी एउटी केटी । मलाई उसको परविेशका बारेमा जान्ने खुब उत्सुकता थियो । बन्दुकका बारेमा, युद्धका बारेमा, सफायाका बारेमा अनि अरू पनि थुप्रै कुराहरू जान्न म निकै उत्सुक थिएँ । उसले सुरुवातमा मेरो उत्तेजना देखेर मलाई बेकम्मा केटी भन्ठानेर तिरस्कार पनि नगरेको होइन तर फेर िऊ र म नजिक भयौँ । मैले आफू यो यो कारणबाट बेकम्मा होइन भनेर एउटा चिट्ठी पठाएकी थिएँ । त्यो चिट्ठीले नै उसलाई मप्रतिको विचार परविर्तन गर्न मद्दत गर्‍यो । मैले पठाएको चिट्ठी उसको विचारमा एकदमै उत्कृष्ट थियो । पढिरहन मन लाग्ने र पढेपछि मेराबारेमा सोच्न मन लाग्ने । त्यो चिट्ठी उसका साथीहरूले पनि पढेका थिए ।
"मेरा साथीहरू तिमी मेरी प्रेमिका हौ वा तिमी मलाई मन पराउँछ्यौ भनेर सोच्छन्," उसले पहिलाको एउटा भेटमा भन्यो ।
"हो त ?" मैले उसको विचार जान्न चाहेकी थिएँ ।
"होइन," उसले भनेको थियो ।
"त्यसो भए छाडिदेऊ अरूले जे पनि भन्न सक्छन् । तिम्रा साथीहरूलाई भनिदेऊ कि मेरो अरू नै कोही प्रेमी छ ।"
"साँच्चै ?"
"हो, साँच्चै !"
यो संवादपछि उसले उसका साथीहरूले हिजोआज मेराबारेमा के कुरा गर्छन् भनेर मैले सोध्दा केही भन्दैनन् भन्थ्यो । युद्धविराम हुनेताका ऊ काठमाडौँ आएको थियो । यहाँ ऊ कम्प्युटरसम्बन्धी केही सिक्दै थियो । ऊ राजधानी आउनासाथ नै हामीले भेट्न सुरु गरेका थियौँ । ऊ र मैले गर्ने कुरा राजनीतिको मात्र हुन्थ्यो तर पनि हाम्रो सम्बन्ध राजनीतिक थिएन । ऊ मलाई पनि बन्दुक बोक्न हौस्याउँथ्यो तर म सीधै सधैँ अस्वीकार गर्थें ।
"तिमी तयार छौ युद्धका लागि ?" मैले कफी सकाउँदै सोधँे ।
"हो तयार छु ।"
"यो डरलाग्दो कुराको अन्त्य कहिले हुन्छ ? के तिमीहरू सधँै मर्न र मार्नेको मात्र तयारी गर्छौ ?"
"हामीले जित्छौँ अनि यो सब डर हराएर जान्छ ।"
"तर, के त्यो जित मनाउन तिमी जीवित हुन्छौ ?"
"नहुन पनि सक्छु ।"
मैले बेरालाई बोलाएँ र अर्को कप कफी मगाएँ दुवै जनाका लागि ।
"हाम्रो यो अन्तिम भेट मान्दा हुन्छ अब मैले त्यसो भए ?"
"अन्तिम पनि हुनसक्छ तर जे पनि हुनसक्छ ।"
"मलाई तिमी माफ गर, म तिमीसँग जान सकिनँ । म लोकतन्त्रका पक्षमा छु तर मान्छे मार्ने हिम्मत ममा छैन ।"
"तिम्रो नैतिक समर्थनको पनि म सम्मान गर्छु," उसले मेरा आँखामा हेर्दै भन्यो । उसका अरूबेला डरलाग्दा लाग्ने आँखा त्यतिखेर मलाई कति पि्रय लागे । त्यसमा स्नेह थियो ।
दोस्रो कप कफी पनि सकियो । पैसा उसले तिर्‍यो, छुट्टनिे बेलाको 'टि्रट' भनेर उसले मलाई तिर्न दिएन । हामी पैदल हिँड्यौँ, ठमेलका गल्लीहरू बिनाकाम चहार्‍यौँ । ऊ र म केही नबोली चुपचाप हिँड्यौँ । कहाँसम्म जाने कुनै निश्चितता थिएन । वीर अस्पतालको छेउमा आएपछि मैले घडी हेरँे, ३ बज्न लागेको थियो ।
"किङ्कङ् हेर्ने ?" उसले अचानक सोध्यो । 'ल म गएँ है' भनेर छुट्टहिाल्ने अवस्था त थिएन तर फिल्म नै हेर्नका लागि मैले आफूलाई सहमत गराउन सकिनँ ।
"फिल्म ?" मैले अस्वीकार गरेँ, "नाइँ, अल्छी लागेको छ ।"
उसले केही भनेन । हामी न्युरोडतिर बाङ्गियौँ ।
"अब जीवन अस्तव्यस्त हुन्छ । यहाँजस्तो नुहाउने, दाह्री काट्ने फुर्सद हुन्न ।" दाह्री काट्ने भन्दा उसले मलाई हेर्‍यो । उसलाई मैले दाह्री नराख्दा नै राम्रो देखिन्छ भनेकी थिएँ तर आफ्नो प्रेमीलाई झैँ दबाब दिएकी थिइनँ । दबाब दिने इच्छा पटक्कै थिएन ।
"अब म दाह्रीका बारेमा पहिलाको जस्तो सोच्दिनँ," मैले उसले मलाई हेरेपछि भनँे ।
"किन ? तिम्रो बिछोड भयो कि क्या हो आफ्नो प्रेमीसँग ?" उसले ठट्टा गर्‍यो ।
"होइन, अब मलाई मेरो प्रेमी यति मन पर्छ कि दाह्रीमा पनि मैले उसलाई राम्रो देख्न थालिसकँे," मैले तुरुन्त जवाफ दिएँ ।
हामी वसन्तपुरमा कपाल फुलेको तर पूरै कपाल फुलिहाल्ने उमेर नभएको एउटा अधबैँसेकोमा चिया खान बस्यौँ । चियाको कप समातेर मैले सोधँे, "यसबीचमा तिमीले कोही मान्छे मारेनाै, केही लुटपाट मच्चाएनौ । के त्यो तिम्रा लागि स्वणिर्म आनन्द थिएन ?"
"थियो," उसले सटीक जवाफ दियो ।
"अनि, किन फेर िर्फकन्छौ त ?"
"त्यो क्षणिक थियो तर अब हामी सधैँका लागि लड्छौँ ।"
"तर के फेर िहामी यसरी नै भेट्छाँै त ?"
ऊ केही बोलेन । मैले बोलाउन पनि चाहिनँ । मलाई होस्टल र्फकनु थियो समयमा नै । हामी छुट्टनिुपर्ने भयो । ऊ जाँदै थियो, भोलि बिहान । पुरानै ठाउँमा या नयाँ कतै अन्तै, मैले सोधिनँ पनि । ऊ जहाँ गए पनि आखिर ऊ लड्थ्यो । अब हुने भीषण रक्तपातको अघिल्ला दिनहरूमा सहर यसरी उज्यालो भएको देख्दा मलाई लाग्यो, निभ्ने बेलाको बत्तीको उज्यालो त होइन यो कतै ? मैले उसका आँखामा हेरेँ । त्यसमा फेर िस्नेह थियो ।
त्यसपछि उसको र मेरो भेट भएको थिएन । अचानक उसलाई देख्दा मैले पनि दह्रो गरी हात समाएँ । उसले मेरो आँखामा हेररिह्यो, एकटक । कस्ता सुक्खा आँखा । मलाई लाग्यो, उसले पार्टीको कुनै ठूलै जिम्मेवारी पायो होला, त्यसैले अलि फरक भाव आएको होला आँखामा । आखिर उसले बीए पास गरेको थियो र माओवादीहरू पनि पहिलाजस्तो जङ्गलमा नभएर राजधानीमा थिए । पार्टी सरकारमा भएका बेला पनि उसले केही न केही काम त पक्कै पाएको हुनुपर्ने । उसको आँखाले 'तिमीलाई मैले भनेको होइन, देख्यौ हामी अहिले पावरमा आएनौँ त ?' भनेजस्तो पनि लाग्यो ।
"तिमीलाई सञ्चै छ ?" हात समाएको धेरै बेर भएकाले मैले हात छुटाउँदै सोधेँ ।
उसले मेरो हात छाडेन । अझ कसिलो गरेर समायो । पूजा आइसकेकीले मलाई निकै अप्ठ्यारो लागिरहेको थियो । फेर िहाम्रो छेउबाट ओहोरदोहोर गर्नेहरू पनि हेरेर मुसुमुसु हाँस्दै गइरहेका थिए । मैले बल गरँे तर सकिनँ ।
"छोड मेरो हात !" मैले झर्केर भनेँ र बल गरी नै रहेँ ।
"तपाईं मलाई चिन्नुहुन्छ ?" उसले हात छाडेर सोध्यो ।
उसले मसँग त्यस्तो ठट्टा पनि गर्ला भन्ने लाग्दै लागेको थिएन । म हाँसेँ, कहिलेदेखि ठट्टा गर्न सिक्यौ ?
"साँच्चै भन्नुस् न तपाइर्ं मलाई चिन्नुहुन्छ ?" उसले यसपटक अलि आत्तिएर सोध्यो ।
"तिमीले चिनेको मान्छे होइन ?" पूजाले मलाई झपारी ।
"ऊ...ऊ...," म अकमकाएँ ।
"ओहो, तिमी यहाँ पो छौ ?" यत्तिकैमा दुई जना गाउँतिरका जस्ता लाग्ने केटाले उसको पाखुरा अँठ्याए ।
"उहाँले मलाई चिन्नुहुन्छ जस्तो छ," उसले फुत्कने प्रयास गर्दै मतिर देखायो ।
"हामी पनि चिन्छाँै तिमीलाई, हिँड !" ती केटाहरूले उसलाई घिच्याए ।
म लाटोझैँ बक्क परेर एकछिन त हेररिहँे तर एकैछिनमा पूजाले रोक्दारोक्दै पनि उनीहरूलाई भेट्टाउन दौडिएँ । उनीहरू सडकमा पुगिसकेका थिए ।
"उसलाई किन घिच्याउनुभएको ? म चिन्छु उसलाई," मैले स्वाँस्वाँ गर्दै भनँे ।
"हामीलाई थाहा छ तपाईंले चिन्नुहुन्छ तर अब ऊ आफैँले आफैँलाई चिन्दैन," एउटाले रोकिएर भन्यो, "एक जना जमिनदारको सफाया गर्न गएका बेला सेनाले टाउकोमा ढुङ्गा बजारििदए । त्यसपछि ऊ आफैँलाई पनि चिन्दैन ।"
"उपचार गराउनुभएन ?"
"डाक्टरले विदेश लाने सल्लाह दिएका थिए । पार्टीलाई सरकारमा जान, गएपछि पजेरोमा चढ्न, टाइ-सुट लाउन, फाइभस्टारमा खाना खान सिक्दै समय लाग्यो । जब उसलाई उपचार गराउने कुरा आयो, हाम्रा महान् नेताहरूले बल्ल आफूहरू पार्टीको लाइनबाट पर पुगेको थाहा पाए," अघिकैले भन्यो ।
"धन्न पागलखानामा नेताको सिफारसिबिना पनि भर्ना हुन्छ," अर्कोले उसलाई हेरेर भन्यो ।
"ऊ," उसले बाटोमा हिँडेको एउटा बूढो मान्छेलाई देखायो, हामीले पनि त्यतै हेर्‍यौँ ।
"उहाँले मलाई चिन्नुहुन्छ", ऊ दौडियो ।
"ए... ए...," ती मान्छेहरू पनि दौडिए ।
म दौडन सकिनँ । त्यसबेला क्रिसमसमा बलेको सहरको बत्ती बल्ल पो निभेर दिउँसै अँध्यारो भएको देखँे ।
 साभार :- नेपाल साप्ताहिक
अंक २६७