लेखक :- आन्विका गिरी
मैले उसलाई परैबाट चिनेँ । ऊ पनि म भएतिरै आयो । म कलेजको चौरमा पूजालाई पर्खिरहेकी थिएँ । उसले उस्तै दह्रो गरी हात मिलायो र उस्तैगरी मुस्कुरायो ।
युद्धविरामताका हामीले खुबै भेट्याँै, लगातार रूपमा साताभर हामी कहिले ठमेलको हटव्रेड्स क्याफेमा भेट्थ्यौँ त कहिले महाराजगन्जकोे उही हटव्रेड्स क्याफेमा नै । मैले गन्ती नै त गरनिँ तर हामीले त्यो साता थुप्रै कप कफी पियौँ ।
कफी त एउटा बहाना मात्र थियो, हामी त कुरा गर्न चाहन्थ्यौँ । अझभन्दा मसँग उसलाई सोध्नुपर्ने प्रश्नको ठेली नै थियो ।
ऊ मलाई अमृत साइन्स क्याम्पसअघि कुररिहेको थियो । शनिबारको दिन भए पनि बिहानै निस्केकीले खाना खाएकै थिइनँ । हातमा एउटा चाउचाउको प्याकेट बोकेर म क्याम्पसअघि पुग्दा ऊ उभिरहेको थियो । राती छुट्टँिदा १० बजे भेट्ने कुरा भए पनि म १२ बजे मात्र पुगेँ ।