Social Icons

Related Posts Plugin for WordPress, Blogger...
Showing posts with label नेपाली कथा. Show all posts
Showing posts with label नेपाली कथा. Show all posts

Thursday, November 27, 2014

सानाले सुन्न नहुने कथाहरू

·    लेखक :-     खगेन्द्र संग्रौला
हाम्रो गाउँमा एकथरी अचम्मका कथा थिए। कथा पनि कस्ता भने केटाकेटीले सुन्नै नहुने। क्यैगरी सुनियो भने कानभित्रै लुकाउनुपर्ने, कसैलाई भन्न नपाइने। भने कुटाइ खाइने। म सम्झन्छु, यस्ता कथा हाम्रो गाउँमा छ्यास्छ्यास्ती थिए।


ठूलाबडाले सुन्नु हुने र भन्नु पनि हुने, सानाले सुन्नु नहुने र भन्नु नहुने। कथा पाजी पनि कति अप्ठेरा, हकि? तर मान्छेको जातै अनौठो। जे सुन्नु हुँदैन भन्यो, लुकिछिपी त्यही सुन्न मन लाग्ने। जे भन्नु हुँदैन भन्यो, ठूलाठालुका कान छलेर त्यही भन्नुपर्ने।