प्रेमबहादुर राम्जा news via: Ganantra daily
दाङ, असार ३ । राउटे समुदायका मुखियामध्येका एक मुखिया सूर्यनारायण शाही आइतबार समुदायका दुःखहरु बिसाउन जिल्ला प्रशासन कार्यालय दाङमा आएका थिए । दाङको बसाइमा आफूहरु धेरै दुःख, कष्ट पाएको भन्दै आफू गुनासो सुनाउन घोराही आएको सूर्यनारायणले बताएका छन् । केही महिना यता उनीहरु तुलसीपुरमा बसोबास गर्र्दैछन् ।
राउटेका मुखिया सूर्यनारायणसहित समुदायका गुनासा पोख्न आएका थिए, अरु दुई मुखिया वीरबहादुर कल्याण र जीतबहादुर हमाल पनि । उनीहरु गत जेष्ठको अन्तिम सातामा सल्यानको कपुरकोटमा भएको घटनाको बारेमा जानकारी गराउनका लागि घोराही आएको बताएका छन् । दाङको तुलसीपुर नगरपालिकाको राम्री तथा सल्यानको धनवाङ गाविसको पाखापानीको सीमानामा बसोबास गर्र्दै आएका राउटेहरु सल्यानका केही उच्छृङ्खल व्यक्तिबाट दूव्र्यवहार भएको भन्दै गुनासो गर्न घोराहीमा आएको बताएका छन् ।
आइतबार दाङका प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीले कपुरकोटमा भएको घटनाको सत्यतथ्य घटनाको छानबिनका लागि सल्यानका प्रमुख जिल्ला अधिकारीबाट बुझ्ने कारवाहीका लागि समन्वय गर्ने बुर्लाकोटीले जानकारी दिनुभएको छ । राउटे मुखिया सूर्यनारायणले दिएको जानकारी अनुसार उनीहरुका केही सामान कपुरकोटमा जफत भएका छन् । जसका कारण उनीहरुलाई समस्या भएको छ । जिल्ला प्रशासन कार्यालयमा राउटेहरुले भेटमा आफ्नो वस्तीमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन भन्दै ज्ञापन–पत्र बुझाएका थिए ।
उता कपुरकोट एफएमका स्टेसन म्यानेजर भीमबहादुर सेनले भने राउटेहरुले भनेको जस्तो घटना नभएको बताउनुभएको छ । उनीहरु बसाई सर्ने क्रममा कपुरकोटमा आफ्ना समान राखेको स्टेशन म्यानेजर सेनले जानकारी दिनुभएको छ । ‘उनीहरुलाई कसैले केही गरेको होइन । सानो विषयलाई ठूलो मात्र बनाइएको हो’–सेनको भनाइ छ । सेनले दिएको जानकारी अनुसार आइतबार नै उनीहरु सल्यानको गाडापानीमा बसाइका लागि गइसकेका छन् । उता कपुरकोटका स्थानीयवासीले राउटेहरुलाई कुनै दूव्र्यवहार नगरेको बताएका छन् । उनीहरुले गणतन्त्र पत्रिकामा फोन गरी उनीहरुलाई कुनै दूव्र्यवहार नगरेको बताएका हुन् ।