Social Icons

Related Posts Plugin for WordPress, Blogger...
Showing posts with label tulsipur. Show all posts
Showing posts with label tulsipur. Show all posts

Friday, July 6, 2012

अनियमितताप्रति सरोकारवालाको चासो, तुलसीपुर नगरपालिका भ्रष्टाचार काण्ड

गोकर्ण पौडेल
तुलसीपुर, असार २१ । तुलसीपुर नगरपालिकामा भएका आर्थिक अनियमितताका घटनाहरु एकपछि अर्को गर्दै  धमाधम सार्वजनिक हुन थालेपछि सरोकारवाला निकायले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । रिपोर्टर्स क्लव दाङ शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको ‘आर्थिक अनियमतितामा हाम्रो चासो’ विषयक साक्षात्कार कार्यक्रममा बोल्दै तुलसीपुर क्षेत्रका सरोकारवालाहरुले नगरपालिकाभित्र भएको आर्थिक अनियमितताको यथासिघ्र छानविन गर्न माग गरेका छन् ।
तुलसीपुर नगरभित्र भएको अनियमितताको बारेमा सहभागीहरुले सत्यतथ्य छानबिन गर्न नगरपालिकालाई आग्रह गरेका थिए । कार्यक्रममा सहभागी तुलसीपुरका सरोकारवालाले भ्रष्टाचार ठूलो सानोभन्दा पनि त्यसको न्यूनीकरणका लागि दोषीमाथि कारवाही हुनुपर्ने बताएका थिए । कार्यक्रममा तुलसीपुर नगरपालिकाका पूर्व मेयर ढुण्डिराज लामिछानेले फूलबारीको डम्पिङ्ग साइड खरिद प्रक्रिया त्रुटिपूर्ण भएको दावि गर्नुभयो । पूर्वमेयर लामिछानेले घटनाको छानविन गर्नका लागि प्रमुख जिल्ला अधिकारीबाट पहल शुरु गरिनु पर्ने सुझाव दिनुभयो । त्यसैगरी उहाँले वातावरण सरसफाई सम्वन्धी सार्वजनिक भएको भ्रष्टाचारका विषयमा नगरपालिकाले आन्तरिकरुपमा छानविन गरी त्यसका आधारमा वास्तविकता सार्वजनिक गरिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत नोखिराम वलीले डम्पिङ्ग साइडको जग्गा खरिद प्रकरण आफू आउनु भन्दा पहिले घटेको हुँदा यस विषयमा आफूले फाइल अध्ययन गरी रहेको जानकारी दिनुभयो । उहाँले वातावरण शाखा प्रमुखबाट गरिएको भनिएको आर्थिक अनियमितताका सम्वन्धमा आफ्नो अध्ययन शुरु भएको जानकारी दिनुभएको थियो । अध्ययनकै क्रममा गत असारदेखि माघ महिनासम्ममा कुनै अनियमितताको प्रमाण फेला पार्न नसकेको जनाउँदै कार्यकारी अधिकृत वलीले अध्ययनका क्रममा कसैबाट आर्थिक अनियमितता भएको पाइएमा कसैलाई पनि नछोड्ने जनाउनु भयो । ‘वातावरण प्रमुखबाट १६ महिनाको भ्रष्टाचार भएको खबर सार्वजनिक भएको अवस्थामा ७ महिनासम्मको मात्रै अध्ययन गर्न भ्याएको हुँदा अहिले नै केही भनिहाल्न सकिदैन’– वलीले भन्नुभयो ।
सर्वदलीय बैठकबाट नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको भोलिपल्ट संयोजकबाट स्वास्थ्यको कारण देखाउँदै जिम्मेवारी   अस्विकार गरेपछि विभिन्न निकाय र ब्यक्तिको राय सुझावको आधारमा आफैले छानबिन शुरु गरेको वलीले जानकारी दिनुभयो ।’
कार्यक्रममा नेपाली कांग्रेसका माधव लामिछाने, नेकपा एमालेका केशव सापकोटा र नेकपा माओवादीका प्रदीप वलीले तत्कालीन समयमा गठित राजनीतिक संयन्त्रले डम्पीङ्ग साइड फुलबारीमा उपयुक्त भएकाले खरिदका लागि निर्णय गरेको बताउनुभयो । तर, कति र कुन दररेटमा खरिद भयो, आपूmहरुले थाहा नपाएको उहाँहरुले जानकारी दिनुभयो । रिपोर्टर्स क्लव दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका सचिव सुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विमल रिजाल, मानवअधिकार तथा शान्ति समाज दाङ शाखा सभापति सुशील बस्नेत, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक एवं मानवअधिकारकर्मी तेजबहादुर कार्की र पत्रकार संगीत वस्यालले आर्थिक अनियमिताका विषयमा छानबिन शुरु गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण सचिव विमल गौतमले गर्नुभएको थियो ।
यसैबीच तुलसीपुर नगरपालिकाको अगुवाइमा टिकरीमा निर्माण गर्न लागेको कल्भटको अनुगमन तथा निरीक्षण गरिएको छ । नगरपालिकाका कार्यकारी अधिकृत नोखिराम वलीको नेतृत्वमा गएको राजनीतिक दल, पत्रकार, नगरपालिकाका कर्मचारीहरुको संयुक्त टोलीले निर्माणाधीन कल्भटको निरीक्षण गरेको हो ।     टोलीले कल्भट स्टिमेट अनुसार निर्माण भएको ठहर गरेको छ । नगरका सुचना अधिकृत झरेन्द्र खरेलले दिएको जानकारी अनुसार कल्भटको निर्माण कार्य १५ प्रतिशत बाँकी रहेको ठहर गरेको छ । केही दिनअगाडि स्टिमेट अनुसार काम नभएको भन्दै समाचार प्रकाशन भएको थियो । कल्भर्ट तुलसीपुर नगरपालिका–८ टिकरीको समी खोलामा निर्माण हुन लागेको छ ।

Thursday, June 28, 2012

विद्यार्थीले गान्धी बन्ने प्रयास गर्नुहुँदैन

दाङ तुल्सीपुरको राप्ती विद्यामन्दिरबाट ८३ प्रतिशत अंक ल्याएर प्रवेशिका उत्तीर्ण गरेका  केशवराज पोख्रेल सँग कुराकानी



यो वर्ष एसएलसी उत्तीर्ण करिब २ लाख ७५ हजार विद्यार्थी प्लस टुमा भर्ना भैरहेका छन्। लगातार १० वर्षसम्म एकै किसिमको वातावरणमा अध्ययन गरेका विद्यार्थीहरू प्लस टु तथा क्याम्पसमा अध्ययन थाल्दा अल्मलिनुका साथै फरक अनुभव गर्छन्। विद्यालय र क्याम्पस जीवनमा केही तात्विक भिन्नता हुने भएकाले विद्यालयका राम्रा विद्यार्थी प्लस टुमा कमजोर हुने र विद्यालयका कमजोर विद्यार्थीले क्याम्पसमा राम्रो अंक ल्याएको पनि देखिन्छ। यस्तो समस्या आउनुका पछि विद्यालय र क्याम्पसबीच हुने अध्ययन एवं अध्यापनबीचको फरक नै हो। प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि क्याम्पसको वातावरण कस्तो हुनुपर्छ, विद्यार्थीले कसरी अध्ययन गर्नुपर्छ, विद्यार्थीको आशा के हुन्छ, विद्यार्थीलाई क्याम्पसले कस्तो व्यवहार गर्नुपर्छ भन्ने विषयमा धेरै बहस हुन्छन्। यही बहसलाई अघि बढाउन  दुई वर्षअघि प्लस टु मा नेपाल टप भएका केशवराज पोख्रेलसँग कुराकानी गरेको थियो। दाङ तुल्सीपुरको राप्ती विद्यामन्दिरबाट ८३ प्रतिशत अंक ल्याएर प्रवेशिका उत्तीर्ण गरेका पोख्रेल पिनाकल एकेडेमीबाट ८८ दशमलव ८८ प्रतिशत अंकका साथ प्लस टुमा नेपाल टप भएका थिए। अहिले इलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययन गरिरहेका पोख्रेलले इन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा पनि प्रथम स्थान हासिल गरेका थिए। उनको अध्ययनले इन्जिनियरिङमा पनि प्रथम स्थान हासिल गर्ने लक्षण देखाएको छ। 






  प्रत्येक वर्ष तपाईंले  परीक्षामा राम्रो अंक ल्याइरहनु भएको छ, यसको कारण के हो ?

 मानिस जति परिपक्व हुँदै गयो, उसमा विषयको ज्ञान बढ्दै जान्छ । बढेको ज्ञान परीक्षामा देखिन्छ । 


तर धेरैजसो विद्यार्थी विद्यालयमा राम्रो अंक ल्याउँछन्, तर क्याम्पसमा क्रमशः कमजोर हुँदै जान्छन्, किन ?

थोरै अंकले तलमाथि हुनु सामान्य हो । विभिन्न परिस्थितिका कारण एउटा विद्यार्थीले सधैं एउटै किसिमको परफरमेन्स दिन सक्दैन । यदि विशिष्ट विद्यार्थी प्रथम श्रेणीमा र प्रथम श्रेणीको विद्यार्थी दोस्रो श्रेणीमा झर्‍यो भनेचाहिँ चिन्ताको विषय हो । यदि कोही विद्यालयमा धेरै राम्रो थियो तर क्याम्पसमा तल र्झन थाल्यो भने त्यसमा क्याम्पस, अभिभावक एवं विद्यार्थीले एकसाथ त्यसको खोजी गर्नुपर्छ । किनभने यो विद्यार्थीको मात्र चिन्ताको विषय होइन । 


तपाईंको विचारमा के कारणले क्याम्पसमा विद्यार्थी कमजोर हुन्छन् ?

एउटा त स्कुलभन्दा क्याम्पसको वातावरण फरक हुन्छ । धेरैजसो विद्यार्थी गाउँबाट सहरका प्लस टु पढ्न आएका हुन्छन् । कतिपयको अंग्रेजी कमजोर हुन्छ । कतिपय गलत संगतमा लाग्छन् । कतिपय क्याम्पसले नै विद्यार्थीको क्षमता बढाउने उपाय अपनाउन सक्दैनन् । कतिपयले एसएलसी उत्तीर्ण भएपछि ठूलो काम गरियो भनेर मेहनत गर्न छाडिदिन्छन् । जुनसुकै कारण भए पनि राम्रो विद्यार्थीले कमजोर परफरमेन्स दिनु चिन्ताको विषय हो । 


तपाईंले विद्यालयको तुलनामा क्याम्पसमा राम्रो अंक ल्याउनु भएको छ, त्यसको कारण के हो ?

आठ कक्षासम्म मलाई पढाइको महत्त्व थाहा थिएन । एसएलसी नजिक आएपछि मात्र मैले यसलाई गम्भीर रूपमा लिएँ । एसएलसीमा सरको नोट र एउटा पुस्तक नै एउटा विषयका लागि पर्याप्त हुन्थ्यो । क्याम्पसमा एउटा नोट वा एउटा मात्र गाइडबाट विषयको गम्भीरतालाई बुझ्न सकिँदैन । त्यसैले अध्ययनको समय बढाउनुपर्छ । मैले विषयको गम्भीरताअनुसार अध्ययन गर्ने समय बढाएँ । आफूले नबुझेका कुरा कक्षा शिक्षकसँग बुझ्ने प्रयास गरें । यो प्रयास नै राम्रो अंक आउने कारण बन्यो । 


अहिले लाखौं विद्यार्थी प्लस टुमा भर्ना भएका छन् उनीहरूको समस्या के हुन सक्छ ?

धेरैजसो विद्यार्थीले प्ल टुमा भर्ना हुँदा देखेका सपना पूरा हुँदैनन् । एसएलसीमा थोरै पुस्तक, थोरै ज्ञान, सानो संसार हुन्छ, तर कल्पनाको संसार ठूलो हुन्छ । प्लस टुमा भर्ना हुँदा पाठ्यपुस्तक पनि धेरै हुन्छन् । विषय पनि गम्भीर हुन्छ । एकैपटक ठूलो भार बोक्नुपर्ने अवस्था आउँछ । यदि यो गम्भीरतालाई विद्यार्थीले बुझ्न सकेनन्, म त राम्रो विद्यार्थी हुँ भन्ने घमण्ड पाल्यो भने, क्याम्पसले पनि राम्रो अध्ययन गर्ने वातावरण दिन सकेन भने समस्या आउन सक्छ । 

राम्रो अंक ल्याउने लक्ष्य लिएका विद्यार्थी थोरै हुन्छन्, यस्ता विद्यार्थीलाई क्याम्पसका अन्य विद्यार्थीले र्‍याकिङ गर्ने, अध्ययनमा बाधा दिने आदि दुव्र्यवहार हुन्छ, यो समस्याबाट कसरी पार पाउने ?

राम्रा विद्यार्थीहरू अरूसँग संगतै गर्नुहुँदैन भन्ने सोच्छन् । संगत नगरेपछि अरूले र्‍याक गर्छन् । यदि उनीहरूसँग घुलमिल गर्ने हो भने अपमानित हुने अवस्था नै आउँदैन । वास्तवमा पढ्नु सामूहिक कार्य हो । टिमवर्कबिना राम्रो काम गर्न सकिँदैन । कमजोर विद्यार्थीसँग संगत गर्दा उनीहरूले धेरै कुरा सोध्छन् । उनीहरूलाई सिकाउँदा सिकाउँदै धेरै कुरा याद हुन्छ । संसारमा कोही पनि मानिस खराब हुन चाहँदैन । क्याम्पसले, अभिभावकले, शिक्षकहरूले उनीहरूलाई खराब हुन बाध्य बनाएका हुन् । यो आधुनिक जमानामा त्यस्तो धारणा पाल्नु हुँदैन । 



कमजोरसँग संगत गर्दा अरूको खराब आदत आफूमा सर्ने डर हुँदैन ? 

दक्षिण अपि|mकामा जतिखेर गान्धी ल पढ्दै थिए । उनको एउटा साथी मांसहार थियो । गान्धीलाई आफ्नो मिल्ने साथीले मासु खाएको मन परेन । उनले सुधार्ने योजना बनाए । उनीसँगै खाना खान थाले । तर त्यो साथीले मांसहारका बारेमा यति बयान गर्न थाल्यो कि उनी झन्डै मांसहारी भएका थिए । यदि कुनै विद्यार्थी खराब कुराको सहारा लिँदैछ भने साथीलाई सुधार्छु भनेर उसको ठेक्का लिनुहुँदैन । हाम्रो गान्धी बन्ने समय आउँछ अहिले गान्धीकै बाटो समाउँछु भन्नु मूर्खता हो ।  


क्याम्पस आएपछि कस्ता विद्यार्थी बिग्रन्छन् ?

जसको स्पष्ट लक्ष्य हुँदैन । जसले विद्यार्थी जीवनको महत्त्व बुझेको हुँदैनन् । विद्यार्थी बिग्रनुमा विद्यार्थीको भन्दा अभिभावक र क्याम्पस दोष हुन्छ । यदि अभिभावक र क्याम्पसले विद्यार्थीको मनोविज्ञानअनुसार यो समयको महत्त्व बुझाउने हो भने विद्यार्थी जानी-जानी बिग्रन चाहँदैन । बिग्रने उमेर भनेकै तीन-चार वर्ष हो । ब्याचलरमा पुगेपछि सबैलाई पढाइको महत्त्व थाहा भैसकेको हुन्छ । कक्षा १० देखि ब्याचलर नपुगेसम्म सबैले उसको क्रियाकलापमा ध्यान दिनुपर्छ । कतिपय विद्यार्थी फिजिक्स, अंग्रेजी र नेपाली विषयमा लापरबाही गरेर पनि बिग्रन्छन् । 


यो उमेरमा अरूको कुरा सुन्न मन लाग्दैन, कसरी सहि बाटोमा ल्याउने ?

आफूभन्दा ठूलाले दिएको अर्ति मन पर्दैन, तर साथीभाइको कुरा मन पर्छ । उनीहरूलाई सही बाटोमा ल्याउने भनेकै हामीजस्ता युवाले हो । उनीहरूको मनोविज्ञान हामीलाई थाहा हुन्छ । अभिभावक र क्याम्पसले हामीजस्ता विद्यार्थीको सहारा लिनुपर्छ । शनिबार मनोरञ्जनका लागि फ्रि छाडिदिनुपर्छ । विशेष गरी असल साथीको संगत गर्न प्रेरित गर्नुपर्छ । 


प्लस टु मा भर्ना भएका विद्यार्थीले के गर्नुहुन्छ, के हुँदैन ?

कम्प्युटर, सिनेमा जस्ता कुरामा चासो राख्नुपर्छ तर मेरो विषय के हो, त्यो विषयसँग म टाढा भैरहेको त छैन, भन्ने कुरामा ध्यान दिइरहनुपर्छ । आफ्ना शिक्षकलाई आफूतर्फ आकृष्ट गर्ने र शिक्षकबाट सधैं नयाँ कुरा लिने प्रयास गरिरहनुपर्छ । किनभने शिक्षकहरू पनि यस्तै विद्यार्थीलाई मन पराउँछन् । सबै साथीहरूसँग समानताको व्यवहार गर्नुपर्छ । सबैसँग विशेष खुबी हुन्छ, त्यो कुरा लिने प्रयास गर्नुपर्छ । 


प्लस टु अध्ययन गर्नेहरू मध्ये धेरै प्राइभेट कलेजमै भर्ना हुने गरेका छन्, प्ल टु विद्यार्थीको जीवन राम्रो बनाउन कलेजले के गर्नुपर्छ, के गर्नुहुँदैन ?

धेरैजसो प्लस टु कलेजले राम्रो भवन देखाएर विज्ञापन गरिरहेका हुन्छन् । प्लस टु भनेको भवन होइन, टिचिङ मेथड हो । कुन कलेजले विद्यार्थीलाई कति राम्रो मेथडले पढाइरहेको छ, सबै विद्यार्थीले एकनासले सिकिरहेका छन् कि छैनन् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । पाँच वर्षअघि एउटा शिक्षकले जुन नोट लेखाउनु हुन्थ्यो, आज पनि त्यही नोट लेखाउने चलन छ । यो गलत कुरा हो । समयसँगै, विद्यार्थीको मनोविज्ञानसँगै पढाइको मेथड पनि परिवर्तन गर्नुपर्छ । 


धेरैजसो विद्यार्थी प्लस टु पछि विदेश जान्छन्, यसमा तपाईं के भन्नुहुन्छ ? 

म दाङबाट काठमाडौं आउँदा धेरै कुरा जान्दिनथेँ । काठमाडौंले मलाई धेरै कुरा सिकायो । यहाँका प्लस टु कलेज गाउँका भन्दा उत्कृष्ट छन् । त्यसैगरी प्लस टु पछि विदेश अध्ययन गर्न जानु म दाङबाट काठमाडौं आउनु जस्तै हो । मुख्य कुरा मैले आफ्नो अध्ययन पूरा गरेपछि देशका लागि केही गर्छु कि गर्दिन भन्ने हो । विद्यार्थीलाई मात्र होइन, गाउँका किसानलाई पनि विदेशमा कसरी खेती गरिन्छ भनेर देखाउने हो भने उनीहरूको प्रोडक्टिभिटीमै फरक पर्छ । जो जीवनमा केही गर्न चाहन्छ भने उसले संसार बुझ्नै पर्छ । 


त्यसो भए तपाईं पनि विदेश जाने ?

सबैजसो टपरहरू विदेशमै छन् । नेपालमा इलेक्टि्रकल इन्जिनियरिङको स्कोप मोबाइल कम्पनीहरूमा मात्र छ । म आफ्नो क्षमतालाई राम्रोसँग उपयोग गर्न चाहन्छु । त्यसका लागि मैले संसारकै इन्जिनियरहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ ।

                                                                                            श्रोत  :  Ekantipur

Monday, June 18, 2012

सिडिओलाई राउटेको गुनासो

प्रेमबहादुर राम्जा     news via: Ganantra daily
दाङ, असार ३ । राउटे समुदायका मुखियामध्येका एक मुखिया सूर्यनारायण शाही आइतबार समुदायका दुःखहरु बिसाउन जिल्ला प्रशासन कार्यालय दाङमा आएका थिए । दाङको बसाइमा आफूहरु धेरै दुःख, कष्ट पाएको भन्दै आफू गुनासो सुनाउन घोराही आएको सूर्यनारायणले बताएका छन् । केही महिना यता उनीहरु तुलसीपुरमा बसोबास गर्र्दैछन् ।
राउटेका मुखिया सूर्यनारायणसहित समुदायका गुनासा पोख्न आएका थिए, अरु दुई मुखिया वीरबहादुर कल्याण र जीतबहादुर हमाल पनि । उनीहरु गत जेष्ठको अन्तिम सातामा सल्यानको कपुरकोटमा भएको घटनाको बारेमा जानकारी गराउनका लागि घोराही आएको बताएका छन् । दाङको तुलसीपुर नगरपालिकाको राम्री तथा सल्यानको धनवाङ गाविसको पाखापानीको सीमानामा बसोबास गर्र्दै आएका राउटेहरु सल्यानका केही उच्छृङ्खल व्यक्तिबाट दूव्र्यवहार भएको भन्दै गुनासो गर्न घोराहीमा आएको बताएका छन् ।
आइतबार दाङका प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीले कपुरकोटमा भएको घटनाको सत्यतथ्य घटनाको छानबिनका लागि सल्यानका प्रमुख जिल्ला अधिकारीबाट बुझ्ने कारवाहीका लागि समन्वय गर्ने बुर्लाकोटीले जानकारी दिनुभएको छ । राउटे मुखिया सूर्यनारायणले दिएको जानकारी अनुसार उनीहरुका केही सामान कपुरकोटमा जफत भएका छन् । जसका कारण उनीहरुलाई समस्या भएको छ । जिल्ला प्रशासन कार्यालयमा राउटेहरुले भेटमा आफ्नो वस्तीमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन भन्दै ज्ञापन–पत्र बुझाएका थिए ।
उता कपुरकोट एफएमका स्टेसन म्यानेजर भीमबहादुर सेनले भने राउटेहरुले भनेको जस्तो घटना नभएको बताउनुभएको छ । उनीहरु बसाई सर्ने क्रममा कपुरकोटमा आफ्ना समान राखेको स्टेशन म्यानेजर सेनले जानकारी दिनुभएको छ । ‘उनीहरुलाई कसैले केही गरेको होइन । सानो विषयलाई ठूलो मात्र बनाइएको हो’–सेनको भनाइ छ । सेनले दिएको जानकारी अनुसार आइतबार नै उनीहरु सल्यानको गाडापानीमा बसाइका लागि गइसकेका छन् ।  उता कपुरकोटका स्थानीयवासीले राउटेहरुलाई कुनै दूव्र्यवहार नगरेको बताएका छन् । उनीहरुले गणतन्त्र पत्रिकामा फोन गरी उनीहरुलाई कुनै दूव्र्यवहार नगरेको बताएका हुन् ।

Saturday, May 12, 2012

तुल्सिपुर ....... जाने होएन त घुम्न

तुल्सिपुर ....... जाने होएन त घुम्न .....
राप्ती आन्चल को एक सुन्दर शहर जहाँका निचल मनहरु  सदैब हजुर हरुको स्वागत को लागि आतुर छन्,  एक सुन्दर उपत्यका  दाङ , जस्को बिसाल छतिमा रहेको रमणिरी नगरपालिका हो तुल्सिपुर ।

Friday, May 11, 2012

Tulsipur

Tulsipur is a town and V.D.C. in Dang Deokhuri District in the Rapti Zone of south-western Nepal. It is also the district's main bazaar. The 1991 Nepal census counted 13,815 persons in 2,540 households .   Airport is about two km south of the town center. Unpaved roads go north into Salyan District, south to the Mahendra Highway in Deokhuri Valley and east to Tribhuvannagar(Ghorahi).

  HISTORY

Before the unification of Nepal Dang-Deukhuri was ruled by the House of Tulsipur, a kingdom spanning the present international border and ruling Inner Terai Valleys of Nepal Dang-Deukhuri as well as the adjacent Outer Terai now in India. This local kingdom was one of proto-Nepal's Baise Rajya   as well as one of the Taluqs of Oudh. Therefore Tulsipur in Dang District is connected to Tulsipur in Uttar Pradesh, 65 km. to the south, by their history of being jointly ruled.