लेखक :-आन्विका गिरी
'बुवा विम्लीको पेनको निभ भाँचियो!' मैले
भन्दिनुपर्ने।
'बुवा विम्लीको कापी छैन!' मैले जानकारी दिनुपर्ने!
'बुवा विम्लीको चप्पल चुँडियो!' मैले सिफारिस गर्दिनुपर्ने, 'उसलाई जाली भाको चप्पल चाहियो रे!'
'बुवा विम्ली यसपालि पनि फर्स्ट भई नि!' मैले सुनाइदिनुपर्ने। 'बुवा विम्लीलाई पिकनिक जान पचास रुपैयाँ दिनुस् रे!' मैले मागिदिनुपर्ने।

'तँ विम्लीको चम्चा होस्,' बा मलाई
हकार्नुहुन्थ्यो, 'विम्लीको मुख छैन!' अरूबेला बा मलाई
कहिल्यै तँ भन्नुहुन्थेन। विम्लीको रिसको झाँेक बा ममाथि पनि खन्याउनुहुन्थ्यो।