Social Icons

Related Posts Plugin for WordPress, Blogger...

Wednesday, June 20, 2012

रिलिजको पर्खाइमा राप्तीका युवाहरुको ‘भैहाल्छ नि’

ऐरावती समाचारदाता

 
नेपाली कथानक चलचित्र ‘भैहाल्छ नि’
दाङ, ९ माघ : फागुनको तेस्रो साताबाट देशभर रिलिजको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘भैहाल्छ नि’को निर्माण समूहमा राप्तीका युवाहरुको बर्चस्व रहेको छ । चलचित्रका प्रमुख दुई निर्मातामध्य एकजना दाङका नेपाल विद्यार्थी संघका युवा नेता रमेश पाण्डे हुन् । त्यसैगरी चलचित्रका २ नायकमध्य मुख्य पात्र दाङकै बिशाल पोख्रेल रहेका छन् ।
त्यसैगरी चलचित्रका दुईजना संगीतकारहरु पनि दाङकै रहेका छन् । दाङका सङ्गीतकारद्वय यादव योगी र गोबिन्दमधुर आचार्यले चलचित्र ‘भैहाल्छ नि’को सङ्गीत गरेका छन् । योगीले यसअघि चलचित्र ‘खबरदार’ र पछिल्लोपटक चलचित्र ‘दबदबा’मा सङ्गीत दिएका छन् । गोविन्दमधुर आचार्यले यसअघि ‘धर्तिपुत्र’मा सङ्गीत दिएका छन् । आचार्य पछिल्लो समयमा सुगम सङ्गीतमा चर्चित छन् । डिभोर्स नामक एल्बमका लागि अन्जु पन्तको स्वरमा रहेको ‘मर्छुृ बरु छटपटीमा ..’ बोलको गीतको संगीतले आचार्यको चर्चा बढेको हो ।

नेपाली कथानक चलचित्र ‘भैहाल्छ नि’
चलचित्र ‘भैहाल्छ नि’मा दाङका अर्का युवा पङ्कज शर्मा पनि कलाकारका रुपमा आएका छन् । पूर्णरूपमा हाँस्य तथा सन्पेन्स थ्रिलर चलचित्र भनिएको चलचित्र कलर्स मुभी एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतिमा रहेको छ । रोल्पाका युवा एवं उदीयमान निर्देशक एमएस अग्रजले निर्देशन गरेको यो चलचित्रमा हरि हुमागाईंको छायाड्कन, दिनेश अधिकारीको नृत्यनिर्देशन तथा रोशन श्रेष्ठको द्वन्द्वनिर्देशन रहेको छ । चलचित्रमा दाङ घर भई राजधानीमा कार्यरत पत्रकार एवं चर्चित गीतकार लोकराज अधिकारीले पत्रकारकै भूमिकामा देखिएका छन् ।

नेपाली कथानक चलचित्र ‘भैहाल्छ नि’
पत्रकार अधिकारी यसै चलचित्रमार्फत् चलचित्रका सोलो गीतकारका रुपमा आएका छन् । अधिकारीले यसअघि प्रदर्शित ‘खबरदार’, ‘के यो माया हो’ चलचित्रमा पनि गीत लेखिसकेका छन् । प्रदर्शनको क्रममा रहेका चलचित्रहरु ‘पल्टन’, ‘दबदबा’, ’धर्तिपुत्र’, ’ब्ल्याकमेल’ ‘मंगोलियन फाइटर र ‘बाचा’मा पनि लोकराजले गीत लेखेका छन् । सुगम पोखरेल, अर्जुन पोखरेल, अशोक राई, यादव योगी, गोबिन्दमधुर, सूर्यमणि दयालु लगायतका सङ्गीतकारहरुसँग काम गरेका अधिकारीले सुगम सङ्गीतमा सन्तोष श्रेष्ठको सङ्गीत र अञ्जु पन्तको स्वरमा रहेको चर्चित आधुनिक गीत ‘तिमीले पराई ठाने पछि…’ बोलको गीतबाट सुगम सङ्गीतमा उत्कृष्ट गीतकारको बिन्ध्यबासिनी अवार्ड पाइसकेका छन् । चलचित्रमा रहेका ६ वटा गीतमा १० जना कलाकारको स्वरले सजिएको छ । जसमध्ये रेणु विष्ट, गोविन्दमधुर आचार्य र विपीन घिमिरे दाङकै गायकगायिका हुन् ।

नेपाली कथानक चलचित्र ‘भैहाल्छ नि’
                                                                                       news from Airawati